बाबुको ह’त्या गर्ने छोरा प’क्राउ

राष्ट्रिय समाचार समिति

सर्लाही, १३ जेठ : सर्लाहीको बसबरिया गाउँपालिकामा गएराति एक वृद्धको घरेलु धा’रिलो ह’तियार प्र’हारबाट ह’त्या भएको छ ।

बसबरिया गाउँपालिका–५ धनगढा निवासी ७५ वर्षीय रामअधिन रायको धा’रिलो ह’तियार प्र’हारबाट मृ’त्यु भएको सर्लाहीका प्र’हरी प्रवक्ता एवं प्र’हरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो ।

आफ्नै आँपको बगैँचामा सुतिरहेको अवस्थामा वृद्धको ह’त्या भएको उहाँले बताउनुभयो । घरेलु ह’तियारले वृद्धको टाउको र हातमा प्र’हार गरी ह’त्या गरिएको छ ।

बुबालाई ह’त्या गरेको आरोपमा मृ’तकका कान्छो छोरा ४० वर्षीय विनोद रायलाई प्र’हरीले प’क्राउ गरेको छ । आफ्नै घरमा खाटमुनि लुकेको अवस्थामा आज बिहान विनोदलाई प’क्राउ गरिएको बसबरिया गाउँपालिकाका अध्यक्ष रामअयोध्या रायले जानकारी दिनुभयो ।

जग्गा जमिनको विषयलाई लिएर आफ्नो कान्छो भाइ म’दिरा सेवन गरेर पटक–पटक बुबालाई गाली बेइज्जती र कुट’पिट गर्दै आएको मृ’तका जेठो छोरा रामविश्वास रायले जानकारी दिनुभयो ।

घ’टनास्थलमा अहिले इलाका प्र’हरी कार्यालय बरहथवाको टोली पुगेर श’वलाई जिल्ला अस्पताल मलङ्गवमा श’व परीक्षणका लागि लगिने तयारी भइरहेको गापा अध्यक्ष रायले जानकारी दिनुभयो । घट’ना सम्बन्धमा प्र’हरीले थप अनुसन्धान गरिरहेको सर्लाहीका प्र’हरी उपरीक्षक विश्वमणि पोखरलले जानकारी दिनुभयो ।

प्रतिक्रिया