बाबुलाई खुकुरी प्रहार गर्ने छोरा पक्राउ

राष्ट्रिय समाचार समिति

भोजपुर, २९ भदौ: बाबुलाई खुकुरी प्रहार गर्ने छोरा आज पक्राउ परेका छन् । स्थानीय २४ वर्षीय शिवहाङ राईले घरायसी विवादमा ५५ वर्षीय बाबु रामकुमार भनिने चन्द्रबहादुर राईलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



शनिबार बेलुका भएको घटनालगत्तै फरार रहेका शिवहाङलाई प्रहरीले आज भैँसीपङ्खाको असिनेबाट पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ । खुकुरी प्रहारबाट घाइते चन्द्रबहादुरको गर्धनमा अढाइ इञ्च गहिरो चोट लागेको प्रहरीको भनाइ छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते चन्द्रबहादुरको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पाण्डवराज राजवंशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया