बारामा गो’ली चल्यो, एक बालक घाइते

admin

काठमाडौं : बाराको सीमावर्ती सुवर्ण गाउँपालिका–२ कवही गोठ बजारमा पर्ने ईलाका प्र’हरी कार्यालय अगाडि बुधबार प्र’हरी र स्थानीयबीच झ’डप भएको छ।झडपका क्रममा प्र’हरीले चलाएको गो’ली लागेर एक बालक गम्भीर घा’इते भएका छन्।

राति साढे ८ बजेतिर भारतबाट ल्याइँदै गरिएको आलु र प्याज प्र’हरीले नियन्त्रणमा लिएर कलैयातर्फ लैजाने क्रममा स्थानीयले रोक्न खोज्दा भएको झ’डपमा गो’ली लागेर सुवर्ण गाउँपालिका–२ कै १४ वर्षीय बालक रन्जनकुमार यादव घा’इते भएका हो।

बालकको स्थानीय एसआर अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि वीरगन्जको बयोधा अस्पताल रिफर गरिएको अस्पतालका चिकित्सक जितेन्द्र यादवले बताए।

झ’डप नियन्त्रणमा लिन प्र’हरीले दर्जनभन्दा बढी हवाई फायर गरेको थियो। साँझ ६ बजे आधा दर्जन बोरा आलु र प्याज प्रहरीले नियन्त्रणमा लिएर कलैयाबाट प्र’हरीको गाडी मगाएर जिल्ला लान खोज्दा झ’डप भएको थियो।

प्रतिक्रिया