बालकलाई झुण्ड्याएर निर्मम कुटपिट गर्ने व्यक्ति पक्राउ !

मनिषा थापा

एजेन्सी : केहि दिन देखि भाइरल भईरहेको एउटा भिडियोकै कारण एक व्यक्ति पक्राउ परेका छन्। उक्त भिडियोमा एक व्यक्तिले दुई बालकलाई घरको भित्तामा झुण्ड्याएर गाली गर्दै जुत्ताले नि’र्मतापूर्वक पिट्दै गरेका कारण उनलाई प्रहरीले पक्राउ गरेको हो।

भिडियोमा बालकहरु बा’रम्बार कान स’मातेर ती मानिससँग अनुनय वि’नय गर्न थाल्छन्। तै पनि ती नि’र्मम मानिसमा द’या प’लाउँदैन। यो भिडियोलाई सयौंपटक शेयर गरिएको छ।यो घटना पाकिस्तानको पन्जाब प्रान्तको ओकारा गाउँको रहेको बताइएको छ।

ती बालकका बाबु शहर गएका बेला पसलमा सामान चोरेको आरोपमा उनले बालकलाई निर्मम तरिकाले कुटपिट गरेको बताइएको छ। उक्त भिडियो सामाजिक स’ञ्जालमा भाइरल भएपछि पाकिस्तानी प्रहरीले शनिबार ती मानिसलाई पक्राउ गरेको छ। ती मानिसको नाम याकुब भएको बताइएको छ ।

ती बालकका बाबुले शहर जाने बेलामा आफ्ना नजिकैका आफन्त याकुबलाई नै हेरिदिनु भनेर जिम्मा लगाएको बताइएको छ। भिडियो भाइरल भएपछि ओकार जिल्लाका प्रहरी प्रमुख जहानजिव नजीरले आरोपी पक्राउ गर्न अधिकारीहरुलाई निर्देशन दिएका थिए। जिल्ला प्रशासनले बालकलाई नि’र्मम कुटपिट गर्ने याकुबलाई कडा सजाय दिइने जनाएको छ।

हेर्नुहोस भीडीयो :

प्रतिक्रिया