बालविवाह गर्ने बेहुलासहित पाँच जना प’क्राउ

राष्ट्रिय समाचार समिति

दमौली, २५ असार : जिल्ला प्र’हरी कार्यालय तनहुँले बालविवाह गराउन खोज्ने पाँच जनालाई प’क्राउ गरेको छ । तनहुँको व्यास नगरपालिका–११ मा उमेर नपुगेकी १४ वर्षीय बालिकासँग विवाह गर्ने बेहुलासहित पाँच जनालाई प’क्राउ गरिएको प्र’हरीले जनाएको छ ।

प’क्राउ पर्नेमा बेहुला गोरखा शहीद लखन गाउँपालिका–२ बस्ने २३ वर्षीय सन्तोष अर्याल, बेहुलाका बाबु, बेहुलीकी बाबु, आमा र विवाह गराउने पण्डित रहेको जिल्ला प्र’हरी कार्यालय तनहुँका प्र’हरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

नाबालिकाको विधिवत रुपमा बालविवाह हुँदै गरेको भन्ने सूचनाका आधारमा घ’टनास्थ’लमा पुगेको प्र’हरी टोलीले उनीहरुलाई प’क्राउ गरेको हो । प’क्राउ परेकावि’रुद्ध आज जिल्ला अदालत तनहुँबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रनाउ तिमिल्सिनाले जानकारी दिनुभयो ।

“विधिवत तवरबाट विवाह मण्डप, जगिया तयार गरी बेहुलीको सिउँदोमा सिन्दुर हाली विवाह सम्पन्न भइसकेको रहेछ,” प्रनाउ तिमिल्सिनाले भन्नुभयो, “बेहुली अन्माउने बेलामा पाँच जनालाई प’क्राउ गरी थप अनुसन्धान भइरहेको छ ।”

प्रतिक्रिया