बालाजुको सेनिटाइजर कम्पनीमा आ’गला’गी, ८ जना घा’इते

admin

काठमाडौं, असार २८ : बालाजु औद्योगिक क्षेत्रमा रहेको एक सेनिटाइजर कम्पनीमा आ’गला’गी हुँदा आठ जना घा’इते भएको खुलेको छ। तीन दिनअघि सेनिटाइजर कम्पनीमा मेसिन पड्किँदा घा’इते भएका उनीहरूलाई पिपल्स मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो।

आगलागीबाट शरीरका भाग जलेका घाइतेको उपचारमा कम्पनीले चासो नदेखाएको एक घा’इतेका छिमेकीले बताए। ‘घा’इतेमध्ये तीन जना घर फर्किसकेका छन्,’ उनले भने, ‘पिपल्स मेडिकल कलेजमा अहिले पाँच जना घा’इते छन्। तीमध्ये एक जनाको अवस्था नाजुक छ।’

घा’इतेमध्ये चार जनाको अवस्था भने सामान्य रहेको अस्पतालले बताएको उनले जानकारी दिए। ‘शरीरको धेरै भाग ज’लेकालाई डाक्टरहरूले बचाउनुभएको हो। तर अहिले अर्को अस्पतालमा उपचारका लागि लैजान रिफर भएको छ तर कम्पनीका मानिसहरू बिल तिर्न नै आइदिएनन्,’ उनले भने।

कम्पनीमा मानिसले घा’इतेलाई पिपल्स कलेजमै उपचार गर्न चाहेको उनले बताए। ‘अस्पतालले बिल नतिरी अन्यत्र जान दिन्न भन्छ। फ्याक्ट्रीका साहुजीहरू बिल तिर्न आइदिएनन्,’ उनले भने, ‘घटना लुकाएर राख्न खोजेका छन्।

आफ्ना कामदारको हेरचाह राम्रोसँग गरेका छैनन्।’बालाजु औद्योगिक क्षेत्रका प्रमुख सेनिटाइजर कम्पनीका प्रतिनिधि भोजराज बिडारीले घाइतेहरूको उपचार जारी रहेको बताए। ‘पिपल्स हस्पिटलमा घाइतेको उपचार भइरहेको छ। मेसिन पड्केर आगलागी भएको हो,’ उनले भने, ‘घा’इतेको उपचार खर्च कम्पनीले नै तिर्ने व्यवस्था मिलाइएको छ।’

प्रतिक्रिया