बालिकालाई करणी गरेको आरोपमा झा प’क्राउ

admin

दमक, ११ जेठ : बालिकालाई ज’बर्जस्ती करणी गरेको आरोपमा झापाको गौरीगञ्जबाट शनिबार एक जना प’क्राउ परेका छन् ।

गौरीगञ्ज–१ महाभाराकी अन्दाजी १४ वर्षीया बालिकामाथि ज’बर्जस्ती करणी गरेको आरोपमा स्थानीयवासी अन्दाजी ४५ वर्षीय श्रीप्रसाद झालाई प्र’हरीले प’क्राउ गरेको प्र’हरी चौकी कुन्जीबारीका इन्चार्ज दीपक कँडेलले जानकारी दिनुभयो ।

पीडित बालिकाले घरमा जानकारी गराएपछि अभिभावकले इलाका प्र’हरी कार्यलय झिलझिलेमा किटानी जाहेरी दिएको आधारमा झालाई घरबाट प’क्राउ गरिएको उहाँले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण गराइएको छ । प’क्राउ परेका झाले करिब एक वर्षयता विभिन्न प्रलोभनमा पारेर ती बालिकामाथि शोषण गर्दै आएको पीडितको जाहेरीमा उल्लेख छ ।

घटनाबारे प्र’हरीले अनुसन्धान शुरु गरेको इलाका प्र’हरी कार्यालय झिलझिलेका इन्चार्ज प्र’हरी निरीक्षक कोमल ठाकुरले जानकारी दिनुभयो ।

प्रतिक्रिया