बालिका र किशोरीलाई ‘सर्कस’मा बेच्न लगेको आरोपमा दुई पक्राउ

admin

काठमाडौँ, १३ साउन : भारतको ‘सर्कस’मा दुई किशोरीलाई बेच्न लगेको आरोपमा दुई जना प क्राउ परेका छन्। पर्सा प्र हरीले दुई जनालाई मंगलबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रसाद खनालले जानकारी दिए।

झापा विर्तामोड नगरपालिका वडा नम्बर ९ की २० वर्षीया लक्ष्मी दास र सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १२ बस्ने १९ वर्षीया खुस्बु विश्वकर्मालाई प्र हरीले प क्राउ गरेको छ।

उनीहरूले झापाकी १६ र २० वर्षीया किशोरीलाई भारतको विहारस्थित छौडादानो भन्ने स्थानमा बेचेको आरोप छ। जिल्ला प्र हरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार उनीहरूलाई प्रहरीले भारतीय प्र हरीसँग समन्वय गरेर प क्राउ गरेको हो।

प क्राउ परेका उनीहरू भारतको एक सर्कसमा काम गर्थे। ती दुई युवतीलाई पनि त्यहीँ बेच्न लगेको उनले बताए। बालिका हराएको खबर पछि प्रहरीले उनीहरूको खोजतलास गरेको थियो। ती बालिकाहरूलाई ‘पर्साको वीरगञ्ज सहरमा पुर्‍याई अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने’ भनेर प्रलोभनमा पारेको प्रहरीको भनाइ छ।

त्यसरी प्रलोभनमा पारेर उनीहरूलाई भारत पुर्‍याएका थिए। प क्राउ परेका उनीहरू पनि त्यहाँ सर्कसमा काम गर्ने रहेछन्। अनि ती बालिकाहरूलाई पनि लिएर गए,’पाण्डेले भने। उनीहरूले भारतको छौंडादानो पुगेपछि पीडित बालिकाको फोन खोसेका थिए। त्यहाँबाट पनि उनीहरूलाई अन्य स्थानमा पठाउने तयारी भइरहेको भन्ने खुलेको हो।

‘उद्दार गरिएको ठाउँमा अरूलाई पनि त्यसरी नै ल्याएको बुझिएको छ। हामीले नेपाली युवतीहरूको उद्दार गर्‍यौं,’प्रहरी उपरीक्षक पाण्डेले भने। प्र हरीले उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा थप अनुसन्धान अघि बढाएको छ।

घ टनामा संलग्न अन्य तीन जनाको पनि खोजी भइरहेको प्र हरीले जनाएको छ। प क्राउ परेकाहरूलाई पर्सा जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।

प्रतिक्रिया