बालुवाटारमा तमासा छ, ‪सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन् : गगन थापा

अस्मिता बेल्बासे

काठमाडौं, १७ असार : नेपाली कांग्रेसका युवा नेता, पूर्वमन्त्री तथा सांसद गगन कुमार थापाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवादलाई लिएर बालुवाटारमा तमासा भएको टिप्पणी गरेका छन् ।

देशको मुख्य समस्या समाधानमा ध्यान दिनुपर्ने बेला पार्टीभित्रको विवादमा अल्झिएको भन्दै सरकार र नेकपा नेतृत्वको आलोचना भैरहेको छ । स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएपछि नेकपाभित्र विवाद बढेको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, बालुवाटारमा तमासा छ ‬! ‪सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन् । तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले । बरु यिनको त गति र प्रभाव बढ्दो छ।‬ ‪त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ स् अति भयो यो तमासा, अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस् ।

 

प्रतिक्रिया