बाल विवाह गराउन संलग्न रहेको आरोपमा चार जना प’क्राउ

admin

सप्तरी : सप्तरीमा बाल विवाह गराउन संलग्न रहेको आ’रोपमा प्र’हरीले चार जनालाई प’क्राउ गरेको छ ।

हनुमाननगर कङ्कालिनि नगरपालिका–१४ रामपुरमा बाल विवाह गराउने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले १५ वर्षीया बेहुली, ४३ वर्षीय बेहुला विनोद सुतियार, बेहुलीकी आमा र विवाह गराउने कार्यमा संलग्न रामेश्वर शर्मा रहेका प्र’हरीले जनाएको छ ।

बालविवाह भइरहेको भन्ने सूचना पाएपछि प्र’हरी चौकी रामपुरमल्हनियाबाट प्र’हरीको टोली त्यहाँ पुगेको थियो ।

प्रतिक्रिया