बाहिनीको मूल गेटमा पृथ्वीनारायणको शालिक अनावरण

admin

भीमदत्तनगर, २१ असार : कञ्चनपुरस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले पृथ्वीनारायण शाहको शालिक आइतबार अनावरण गरेको छ ।

बाहिनीको मूल गेट छेउमा निर्माण गरिएको शाहको पूर्णकदको शालिक सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी निर्मलकुमार थापाले अनावरण गरेका हुन् ।

बाहिनीपति सहायकरथी शङ्करबहादुर पण्डितको सक्रियतामा निर्माण गरिएको शालिक बाहिनीको १६औँ वार्षिकोत्सव समारोहको अवसर पारेर अनावरण गरिएको हो ।

शालिक अनावरण कार्यक्रममा बाहिनीपति सहायकरथी पण्डितले देशको एकीकरण, स्वाभीमानको सुदृढीकरण, सबै किसिमका सङ्कटको प्रतिकार तथा समृद्धिसहितको नेपालीपनको सवलीकरण, हरेक जनता र सेनाको समान योगदान एवं सहकार्य रही आएको बताए ।

प्रतिक्रिया