बिक्रम थापा र मुना रोक्काको “भगाई लान्छु रातैमा” गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : गायक बिक्रम थापा र गायिका मुना रोक्काको आवाज रहेको “भगाई लान्छु रातैमा” बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

कलाकार सुरबीर पण्डित, बिक्रम थापा र मोडल सृष्टि खड्कालाई फ़िचरिङ्ग गरिएको यस म्युजिक भिडियोको छयांकन मिलन शंकरले गरेका हुन्।

सार्बजनिक गीतमा लय, संगीत संयोजन मुना रोक्काको रहेको छ। सुर संगीत स्टुडियोमा, रेकर्डिस्ट करण संज्यलले रेकर्ड गरेको गीतलाई निर्देशक रायन कार्कीले निर्देशन गरेका हुन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया