बितेको २४ घण्टामा ४७ जना कोरोनाका संक्रमित थपिए

admin

काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर थप ४७ जना कोरोना भाइरस नयाँ संक्रमित थपिएका छन्। यही समयमा देशभरबाट थप ६२ जना संक्रमणमुक्त भई घर फर्किएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ५ सय ३५ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप ४७ जनाको कोरोना भाइरस पोजेटिभ आएको जानकारी गराएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६ सय ५५ पुगेको छ। त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ८ सय २८ पुगेको छ।देशभर सक्रिय संक्रमितको संख्या ८ सय १७ रहेको छ।

क्वारेनटिनमा ५५ जना रहेका छन्। गएको चौबिस घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको छ।

प्रतिक्रिया