बिबाह भएको ४ वर्षपछि पिता बन्दै अभिनेता आर्यन सिग्देल

रिता घिसिंग

काठमाडौं : अभिनेता आर्यन सिग्देल पिता बन्ने भएका छन् । लामो समयको प्रेमसम्बन्ध पश्चात वैवाहिक बन्धनमा बाँधिएका आर्यन विवाहको ४ वर्षपछि पिता बन्ने भएका हुन् । 

आर्यनको २०७१ वैशाख ६ गते सपना भण्डारीसँग विवाह भएको थियो । आर्यन पत्नी सपना करिब ७ महिनाकी गर्भवती भएको खबर बाहिरिएको छ । अभिनेता आर्यन सिग्देल यति बेला विकासराज आचार्यको चलचित्र ‘हजार जुनी सम्म’को छायांकनमा व्यस्त छन् । 

चलचित्रको छायांकनका लागि सिक्किममा रहेका उनी केही समय अघि श्रीमतीलाई भेट्न काठमाडौं आएका थिए । चलचित्रको छायांकन सकेर नेपाल फर्किए पश्चात भने उनी केही समय श्रीमती सपनाका साथमा रहने तयारीमा छन् । 

उनीहरु मातापिता बन्ने खबर बाहिरिए पनि आर्यन र सपनाले भने अधिकारिक रुपमा यसको पुष्टि गरेका छैनन् ।

प्रतिक्रिया