बिरामी ऋषि कपूरको इच्छा रणबीर-आलियाको विवाह…

मनिषा थापा

एजेन्सी : अकस्मात बिरामी परेका बलिउड हस्ती ऋषि कपूर अहिले उपचारको लागि अमेरिकामा छन्। पाँच महिना पहिले देखि उपचाररत उनले आफ्नो रोगको बारेमा सार्वजनिक रुपमा बताएका भने छैनन्। यसअघि उनलाई क्यान्सर भएको खबर बाहिरिएपनि उनले त्यसको पुष्टी गरेका छैनन् ।

लामो समय उपचार गराएका उनी यहि मार्चको अन्ततिर भारत फर्किने बताइएको छ । भारत आउनसाथ उनको पहिलो इच्छा छोरा रणबीर कपूरको विवाह रहेको भनिएको छ । बलिउड नायिका आलिया भट्टसँग प्रेममा रहेका रणबीर यसअघि केटरीना कैफ, दीपिका पादुकोण लगायतका नायिकाहरुसँगको सम्बन्धको कारण चर्चित थिए । ति नायिकाहरुले रणबीरलाई खराब व्यक्तिको रुपमा चित्रित गर्ने गरेका छन् ।

यसको विपरित भट्ट खानदानकी जल्दीबल्दी नायिका आलियासँग उनको सम्बन्ध रहेको कारण पनि ऋषि कपूर उनको छिट्टै विवाह होस् भन्ने चाहिरहेको थाहा भएको छ । यी चर्चित जोडीको विवाह अप्रिल महिनामा हुने भनिएको छ।

ज्योतिषसँग सल्लाह गरेर मिति नै फाइनल गर्ने धुनमा रहेका ऋषि भारत आएलगत्तै विवाहको कामले गति पाउने भएको बताइएको छ । आलिया र रणबीर हाल ‘ब्रम्हास्त्र’ नामक फिल्ममा व्यस्त छन् । उक्त चलचित्रमा यि दुई बाहेक अमिताभ बच्चन र मौनी रायको पनि भुमिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू