बिरामी बोकेको भ्यान त्रिशूलीमा खस्यो, तीन जना बे’पत्ता

admin

चितवन, मंसिर ११ : बिरामी बोकेर काठमाडौंतर्फ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बे’पत्ता भएका छन्। प्युठानबाट बिरामी लिएर काठमाडौंतर्फ जाँदै गरेको लु १ च ९७३१ नम्बरको भ्यान चितवनको इच्छाकामना गाउँपालिकास्थित पृथ्वी राजमार्गको नाग्दी खोला नजिकैबाट त्रिशूली नदीमा खसेको प्र’हरीले जनाएको छ।

चितवन प्र’हरीका डिएसपी सूर्यबहादुर थापाका अनुसार भ्यानमा सवार प्युठानका ३८ वर्षीय मुकुन्दबहादुर रोक्दा नदीमा पौडी खेलेर बाहिर निस्किएका छन् भने अन्य तीन जना बे’पत्ता भएका छन्।

गाडीका चालक प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी, ३३ वर्षीया जमुना रोक्का र उनकी १५ वर्षीया बिरामी छोरी जिनिसा रोक्का बे’पत्ता भएको थापाले बताए।

नेपाल प्र’हरी र सशस्त्र प्र’हरीको टोलीले खोजी कार्य गरिरहेको उनले बताए। प्र’हरीकाअनुसार भ्यान राजमार्गबाट करिब ६० मिटर तल खसेको छ। उक्त भ्यानलाई नदीले पुरै डुबाएको छ। पोडी खेलेर उत्रिएका रोक्काको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

प्रतिक्रिया