बिस्केट जात्रा आजदेखि

admin

काठमाडौं, २८ चैत : भक्तपुरमा आजदेखि बिस्का अर्थात बिस्केट जात्रा सुरु हुँदैछ । आज भैरवनाथ र भद्रकालीको रथ दिउँसो दुई बजे तानेर रथजात्रा सुरु हुनेछ । भक्तपुरको ऐतिहासिक बिस्का जात्रा आठ रात नौ दिन मनाइने यो जात्रा आउँदो वैशाख पाँच गतेसम्म सञ्चालन हुनेछ ।

भैरवनाथको रथ टमौढीबाट पूर्वमा बुलुबुलु हिटी र पश्चिममा नासमनासम्म मात्र लैजान पाइने भएको छ । त्यसक्रममा आवश्यक व्यक्तिबाहेक अरुलाई रथमा चढ्न रोक लगाइने भएको छ । भैरवनाथको महास्नान पूजा र नित्यपूजा अहिले भइरहेको छ ।

लिच्छविकालदेखि सुरु भएको जात्रा वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु गर्ने प्रचलन रहेको छ । यो जात्रा भैरवनाथको रथ तानेर सुरु हुन्छ भने समापन पनि भैरवनाथकै रथ तानेर गरिन्छ ।

बिस्केट जात्रामा नौ दिनसम्म विभिन्न जात्रा हुने भए पनि मुख्य सुरुको दिन टाैमढीमा रथ तान्ने, चैत मसान्तमा ल्यासिंखेलमा इन्द्रध्वजासहित लिङ्गो ठड्याउने, वैशाख १ गते दिनभर लिङ्गो जात्रा गरी साँझ लिङ्गो ढाल्ने र वैशाख ५ गते टौमढीमा भैरवको रथलाई तानेर मनाउने गरिन्छ ।

प्रतिक्रिया