बिहेभोजमा गएका एकै घरका ३ जनाको कारोनाकै कारण ज्यान गयो

admin

बागलुङ, ३१ बैशाख : बागलुङको बडिगाड गाउँपालिका-४ मा एकैघरका तीन जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । तीनै जनाको एक हप्ताभित्रै ज्यान गएको हो । बडिगाड-४ को जलजलामा दुई हप्ताअघि बिहेभोज खाएकाहरू नै संक्रमित भएका थिए । ज्यान जानेमा पनि बिहेभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार ज्यान गुमाउनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन् । उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा ज्यान गएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

एक हप्ताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि ज्यान गएको छ । यस घटनापछि बडिगाडमा सन्त्रास छाएको छ । अधिकांश मानिस डराएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तीमा १५ दिन घरभित्रै बसिदिन आग्रह गरेको छ । प्रशासनले भने जेठ १५ सम्मका लागि बागलुङ जिल्लाभर निषेधाज्ञा लगाएको छ ।

प्रतिक्रिया