बिहे भएको वर्ष दिनमै सुप्रियाले गरिन् रहस्यमय आत्महत्या, श्रीमान बेहोस् [भिडियो सहित]

शर्मिला गुरुङ

पोखरा, १८ जेठ : पोखरा १३ भद्रकालीमा भाडामा बस्दै आएकी १९ वर्षिय सुप्रिया लामिछानेले आफ्नै कोठामा आत्महत्या गरेकी छन् ।


गत वर्षमात्रै विवाह बन्धनमा बाँधिएकी उनी छिमेकी दिदीहरुसँगै बिहान खाना खाएर श्रीमानलाई अफिस पठाएपछि आत्महत्या गरेको बुझिएको छ ।

श्रीमानले मोबाईल बिर्सिएर घरमा करिब २ बजेतिर लिन आउँदा उनले ढोका खोलिनन् । झ्यालपनि बन्द थियो । झ्याल फोरेर हेर्दा डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा देखेको छिमेकीले बताए । घटनापछि प्रहरी पुग्यो र ढोका फोरेर उनको शवलाई  पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ भने उनका श्रीमान बेहोस भएका छन् ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू