बुटवलमा सस्तो बजार शुरु

admin

बुटवल, २४ असोज : उपभोक्तालाई एकै ठाउँबाट आवश्यकपर्ने वस्तु तथा सेवा उपलब्ध गराउने उद्देश्यले बुटवल उद्योग वाणिज्य सङ्घले आजदेखि यहाँ दशैँ सस्तो बजारको शुभारम्भ गरिएको छ । ‘गुणस्तरीय सामान प्रयोग गराँै, दशैँ सस्तो बजार अवलोकन गरौँ’ भन्ने मूल नाराका साथ बाल मन्दिरमा शुरु भएको सस्तो बजारमा बजारको मूल्यभन्दा सस्तो दरमा खाद्यान्नका सामान पाइने संयोजक नरीश्वर शर्माले जानकारी दिनुभयो । पाँच दिनसम्म चल्ने सो बजारमा चिनी, घिउ, तेललगायत दैनिक उपभोग्य सामग्रीका ४० वटा कक्ष राखिएका छन् ।

उपभोक्ताले सस्तो बजारमा खाद्यान्नका साथै दैनिक घरेलु उपयोगी सामग्री शुपथ मूल्यमा पाउने सङ्घका अध्यक्ष खिमबहादुर हमालले जानकारी दिनुभयो । दशँै बजारमा उपभोक्ताको मागलाई ध्यानमा राखेर दशैँका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ । प्रतिव्यक्ति रु पाँच हजारसम्म नयाँ नोट साट्ने व्यवस्था गरिएको संयोजक शर्माले बताउनुभयो ।

बजारको उद्घाटनगर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले मुख्य बजार क्षेत्रको विकास र प्रवद्र्धनका लागि नगरपालिकाले काम शुरु गरेको बताउँदै बुटवलमा रात्रिकालीन बजार सञ्चालनका लागि तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले नगरपालिकाले आगामी वर्षदेखि बुटवलका विभिन्न स्थानमा सस्तो बजार आयोजना गरी उपभोक्तालाई सेवा दिने योजना बनाउने पनि बताउनुभयो ।
-रासस

प्रतिक्रिया