बुटवल अस्पताल परिसरमा डोजर चल्यो

admin

बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल बुटवल वरिपरिका व्यवसायीक सटरमा डोजर चलेको छ। पटक पटक सूचना प्रकाशित गरी सटर खाली गर्न व्यवसायीलाई आग्रह गरेपनि उनीहरुले अटेर गरेका कारण आज बिहान डोजर चलाइएर भत्काएको हो।

प्रदेश सरकारले अस्पतालको विकाससँगै गौरबको आयोजना अघि बढाउन थालेको छ। अस्पतालमा ७३ वटा व्यवसायीक सटरहरु रहेको र जिल्ला अदालत रुपन्देहीले सटर भत्काउन बाटो खुलाएसँगै अस्पताल विकास समितिले बुधबार राति १२ बजे सम्म २४ घण्टे अल्टिमेटम दिएको थियो।

अल्टिमेटममा पनि ब्यावसायीहरूले सटर खालि गर्न आनाकानी गरेपछि डोजर चलाइएको इलाका प्रहरी कार्यलय बुटवलका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानाकारी दिए।

प्रतिक्रिया