बुद्ध जन्मेको देशमा बुद्धकै मुर्ति तोडफोड [भिडियो सहित]

शर्मिला गुरुङ

पिएनपिखबर, भक्तपुर : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पर्यटन प्रवर्धनका लागि स्थापना गरिएको गौतम बुद्धको मूर्ति ३ महिना नपुग्दै तोडफोड भएको छ। २०७६ वैशाख १ गते आईतबार प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले उद्घाटन गरि स्थापना गरिएको उक्त लिटिल बुद्धको मुर्ति हिजो बुधबार राति तोडफोड भएको हो।

शंकरनगरचोकदेखि नयाँ मिलसम्मको ६ लेनको सडकखण्डमा राखिएका ५ वटा बुद्धका मूर्ति राती तोडफोड भएको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले पिएनपिखबर डट कमलाई बताएका छन । बिहान ७ बजे स्थानीयबासीले तोडफोड भएको मुर्ति देखेपछि आफुले जानकारी पाएको उनले बताए । यस बिषयमा कार्यपालिकाको बैठक बसेर थप निष्कर्ष निकाल्ने समेत उनले बताएका छन ।

२०७६ लाई लुम्बिनी भ्रमण वर्ष मनाउन गरिएको अभियानलाई प्रचारप्रसारमा सघाउ पुर्‍याउने उद्देश्यले तिलोत्तमा नगरपालिकाले ६ लेन सडकखण्डमा बुद्धमूर्ति राख्न शूरु गरेको थियो।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भिमलाल भटराईको नेतृत्वमा ‘बुद्धको मूर्ति किन र कसले तोडफोड गर्यो’ भन्ने बारेमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकृत डिएसपी धर्म भण्डारीले बताएका छन। उनले धार्मिक र राजनीतिक कारणले नभई रातीराती मधिरा सेवन गरि उदण्ड मच्चाउँदै हिड्ने व्यक्तिहरुले उक्त मुर्तिहरु तोडफोड गरेको हुनसक्ने आशंका व्यक्त गरेका छन ।

तिलोत्तमा नगरपालिकाले आफनो क्षेत्रमा पर्ने ६ लेनको सडकमा २२ वटा मूर्ति स्थापना गरेको थियो । रुपन्देहको शुद्धोधन गाउपालिकाका बुद्ध चौधरीले सिमेन्टबाट बनाएका उक्त बुद्धको मुर्तिमा बाहिरी आवरणलाई गोल्डेन रंगले पहेंलो बनाइएको छ । डिभाइडरमाथि ३ फिटको बेसमेन्ट बनाएर त्यसमाथि राखिएको ३ फिट र साढे ३ फिटका बुद्धको एउटा मुर्तिको तौल १ सय १० किलो रहेको छ।

हेनुहोस भिडियो :

हेनुहोस भिडियो :

प्रतिक्रिया