बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा बुद्ध पूजा (फोटोफिचर)

अस्मिता बेल्बासे

काठमाडौं, २५ बैशाख : बैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व (आज)  बिहीबार भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप मनाइँदैछ।

२५६४औँ बुद्ध जयन्तीका अवसरमा बिहीबार लुम्बिनीमा बुद्ध पूजा गर्दै भिक्षु मैत्रय र लुम्बिनी विकास कोषका उपाध्यक्ष अवदेशकुमार त्रिपाठी ।

बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजित बुद्ध पूजामा लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानीन राई ।

बुद्ध जयन्तीका अवसरमा लुम्बिनीको मायादेवी मन्दिरमा बुद्ध पूजामा सहभागी भिक्षु । कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गरी सामाजिक दूरी कायम गरेर बसेका हुन् ।

बुद्ध जयन्तीका दिन बन्द रहेको मायादेवी मन्दिरको मूल द्वार । कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् भनी सरकारले लागू गरेको लकडाउनका कारण मूल द्वार बन्द गरेको हो ।

बुद्ध जयन्तीका अवसरमा पोखरा-११ रानीपौवामा नेपाल मानव धर्म सेवा समिति श्रीहंस सनातन मन्दिरमा बिहीबार शान्तिको कामनासहित दीप प्रज्वलन गर्दै सर्वसाधारण । – रासस

प्रतिक्रिया