बुबाको १२० रुपैयाँ चोरेर काठमाडौँ छिरेका गणेश गाँजाको ब्याग बेचेरै करोडपती (भिडियो)

मनिषा थापा

पिएनपिखबर : काठमाडौँको बुढानिलकण्ठस्थित ‘फरेस्टी हेम्प ब्याग उद्योग’मा थरीथरीका नेपालमै उत्पादन गरेका ब्यागहरु पाइन्छ। हरेक सामान विदेशी लिन मनपराउने युवापुस्ताहरुले ब्याग भने स्वदेशमै उत्पादन भएको किन्न रुचाउछन्।

हातैले तयार पारिएको उत्पादन भएका हेम्प, गाँजा, अल्लो, ढाका, कटन, उलनबाट तयार पारिएका ब्यागको माग स्वदेश तथा विदेशमा माग बढी रहेको उद्योगका संचालक गणेश अइडि बताउछन। उनका बाबुले गाउँमा हुँदा अल्लोको काम गर्ने भएकोले उनले कक्षा ४ पढ्दा देखि नै नेपाली लुगा लगाउने गर्थे। गाउँघरमा उत्पादन भएको सामाग्री उनी २०५४ साल देखि राजधानी ल्याएर बेच्न थाले। पछि उनले माग बढ्दै गएपछि उनले यस उद्योग खोलेका हुन्। बझाङ् घर भएका उनले गाउँघरमा परम्परा देखि चल्दै आएको कामलाई जगेर्ना गर्ने उद्देश्यले पुर्खा कै पेशा अंगालेको बताए।

उनले बझाङ्ग साहित् ३६ वटा जिल्लाबाट ब्याग बनाउन आवश्यक कच्चा पदार्थहरू ल्याउने गर्छन। पहिला फाइबर संकलन गरी धाङ्गोमा प्रसोधन गर्ने र सोहि धाङ्गोबाट ब्याग बन्ने उनले जनाए। उनको यो उद्योग सहित अर्को लुगा पसल पनि छ। उनले १०४ जना जातिलाई रोजगारी दिएका छन्। कच्चा पदार्थको अभावले गर्दा माग भए अनुसारको सामान बनाउन नसकेको उनको गुनासो छ। विगतका दिन सम्झिदै भने, ‘काठमाडौँ पस्दा बुबाको १२० रुपैयाँ चोरेर भागेको थिए ।’

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू