बूढानीलकण्ठ दुर्घटनाबारे बोलिन् नायिका परमिता राणा; संगै कारमा भएको पुष्टि

admin

गत मंसिरको अन्तिम साता बूढानीलकण्ठमा भएको भयानक कार दुर्घटनामा नायिक परमिता राणा पनि सवार रहेको रहस्य उनी आफैंले खोलेकी छिन।

Photo: From Paramita’s Fb

२८ मंसिरमा बूढानीलकण्ठ–५ बसपार्क नजिकैको सडकमा बा १४ च ६१२३ को एउटा कारले ठक्कर दिँदा गोरखा घर भएकी लिला देवकोटाको मृत्यु भएको थियो । देवकोटालाई ठक्कर दिने गाडी चालक पृथ्वी मल्ल थिए । घटनाको चार दिनअघि मात्र अमेरिकाबाट नेपाल आएका पृथ्वी मल्ल सम्पन्नशाली परिवारका हुन् र उनको नेपाली कला क्षेत्रका नायिकाहरुसँग राम्रै चिनजान रहेको पाइएको छ ।

परमिताले आफ्नो फेसबुकमा एउटा स्टाटस लेख्दै उक्त कारमा आफू समेत रहेको जानकारी दिएकी हुन्। उनले सो दिन कारचालक पृथ्वी मल्लले मादकपदार्थ सेवन गरेर गाडी चलाएको समेत स्वीकारेकी छिन् । उक्त घटनाप्रति दु:ख व्यक्त गर्दै आफू सो दुखद घटनाको अंग बन्नु परेकोमा स्तब्ध रहेको उल्लेख गरेकी छिन् ।

त्यो दिन भएको घटना सत्य नहोस् र मात्र एउटा नराम्रो सपना होस् भन्ने मेरो चाहना छ, तर दुर्भाग्य म पनि त्यही कारमा सवार थिएँ । आफ्नो कुरा राख्न यति ढिला गरेकोमा म फेरि पनि माफि माग्न चाहन्छु,’ उनले स्ट्याटसमा लेखेकी छिन् । यस्तै उनले आफूसँग मादकपदार्थ सेवन गरेका व्यक्तिले चलाएको उक्त गाडी नचढ्ने विकल्प हुँदाहुँदै पनि चढेर जीवनको ठूलो गल्ति गरेको र त्यसबाट सदाका लागि पाठ सिकेको बताएकी छिन् ।

प्रतिक्रिया