बेइज्जती विरुद्धको मुद्दा लिएर ‘गोकुल बाँस्कोटा’ अदालतमा

admin

काठमाडौं, १६ फागुन : तत्कालिन सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा गाली बेइज्जती विरुद्धको मुद्दा लिएर अदालत पुगेका छन्।

आफूविरुद्धको झुट्टा लाञ्छना लगाएको भन्‍दै उनी काठमाडौंमा जिल्ला अदालत पुगेका हुन। उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,

‘ म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु। धन्यवाद।’

यसका साथै उनले अडियो टेप सार्वजनिक गर्ने विजय प्रकाश मिश्रविरुद्ध उजुरी दिएका छन्। उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार गरेको भन्दै उजुरी दर्ता भएको थियो।

यसअघि प्रिन्टिङ प्रेस खरिदका क्रममा घुस मागेको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजनीनामा दिएका थिए।

प्रतिक्रिया