बेरुजु घटाउन नागरीक समाजको ध्यान आकर्षण

admin

काभ्रे, ४ भदौ : नागरीक दायित्व हामी सबैको उत्तर दायित्व भन्ने मुल सवाल सहित काभ्रे जिल्लामा गठन भएको नागरिक समाज समुहको उपस्थितीमा नागरिक समुह सञ्जाल बैठक कार्यक्रम सम्पन्न । कार्यक्रमको अध्यक्षता गैरसरकारी सस्था महासंघ काभ्रे शाखाका अध्यक्ष टोम सापकोटाको अध्यक्षतामा सम्पन्न गरीएको बैठक मार्फत काभ्रे जिल्लाको बेरुजु कमी गराउन आगामी दिनमा बेरुजुको मात्रा नबडोस र सुसासन, युक्त स्थानिय सरकार निमार्णको लागी नागरिक समाज मार्फत रचनात्मक, सृजनात्मक कार्यका लागी नागरिक भूमिका निर्वाह गर्ने दायित्व स्वरुप ध्यान आकर्षष बुझाउने कार्य पहिलो प्राथमिकतामा रहेको हो ।

काभ्रे पलाञ्चोक जिल्लाको १३ वटानै स्थानिय तहको लेखा परिक्षण २०७५÷१२÷०७ को प्रतिबेदन अनुसार यस काभ्रे जिल्लाको स्थानिय तहको आर्थिक वर्ष २०७४÷७५ को महालेखा परिक्षक कार्यालयमा पेश भएका वित्तिय विवरणको आधारमा लेखापरिक्षण सम्पन्न भएको अध्ययन गर्ने अवसर मिलेको छ ।


लेखा परिक्षणको वित्तिय विवरण उपर व्यवस्थापन पक्षको जिम्मेवारी आर्थिक कार्यविधि ऐन २०७४, स्थानिय सरकार सञ्चालन ऐन २०५५, आर्थिक कार्यविधि नियमावलि २०६४ तथा प्रचलित कानुन अनुसार यस जिल्लाको १३ वटा स्थानिय तहमा पनि शुसासन समिति तथा निति रहेको छ ।

लेखा परिक्षकले प्रदान गर्ने विवरणहरु लेखा परिक्षणको आधारमा सल्लाह सुझाव पनि प्राप्त भएका छन नै । लेखा परिक्षण कार्य नेपालको संविधान, लेखा परिक्षण ऐन २०७५ तथा महालेखा परिक्षकको कार्यालयले अवलम्बन गरेको सरकारी लेखा परिक्षण माप ढण्ड र मार्ग दर्शन तथा अन्य प्रचलित कानुनको आधारमा गरिएको छ । लेखा परिक्षणको क्रममा उपलब्ध गराइएको प्रमाणहरु लेखा परीक्षण राय गर्ने आधार उपलब्ध गराउन पर्याप्त र उपयुक्त छन् भन्ने आधारमा नै निमार्ण गरिएको अध्ययनमा पाइयो । लेखा परिक्षणको अध्ययनको आधारमा काभ्रे जिल्लामा रहेको १३ वटा स्थानिय तहमा रहेको बेरुजु तहगत रुपमा यस प्रकारको रहेको छ ।

काभ्रे जिल्लाको १३ वटा स्थानिय निकायको रु चौध करोड एकहत्तर लाख तिन हजार जम्म बेरुजु देखिन्छ । सो मध्ये असुल उपर गर्नु पर्ने त्रिहत्तर लाख पचास हजार नियमित गर्नु पर्ने तिन करोड साठि लाख पांचहजार, कागजात पेश गर्नु पर्ने दुई करोड अडसठ्ठिलाख छयासी हजार, र पेश्कि सबै भन्दा बढि सात करोड अडसठ्ठि लाख चौसठ्ठि हजार रहेको छ ।

बार्षिक रुपमा यहि क्रममा बेरुजु बढदै जाने हो भने स्थानिय तहमा निरन्तर बरेजु देखिन गई गाउगाउमा सिंह दवारको र सरकारको महसुस नागरिकमा महसुस नहुन सक्छ र आगामी दिनमा नकारात्मक धारणा पैदा हुने देखिन्छ ।तसर्थ काभ्रे जिल्लाको १३ वटानै स्थानिय तहमा यस प्रकारको बेरुजु नितिगत रुपमा लेखा परिक्षकको सल्लाह सुझाव अनुसार आवश्यक कागजात सम्बन्धित जिम्मेवार व्यक्ति सस्था बाट संकलन गरी बेरुजु कमि बनाई सुसासन युक्त काभ्रे अभियान बनाउन यो ध्यान आकर्षण गराउन चहान्छौं ।

प्रतिक्रिया