बेलायतका राजकुमार फिलिपकाे निधन

admin

काठमाडौं : बेलायतकी रानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपकाे ९९ वर्षकाे उमेरमा निधन भएकाे छ । बकिङ्घम राजदरबारले राजकुमार फिलिपकाे निधनकाे घाेषणा गरेकाे हाे । राजकुमार फिलिप र राजकुमारी एलिजाबेथ सन् १९४७ मा विवाह भएकाे थियाे । त्यसकाे पाँच वर्षपछि राजकुमारी एलिजाबेथ रानी बन्नुभएकाे थियाे ।

बकिङ्घम राजदरबारले एक विज्ञप्ति निकाल्दै भनेकाे छ, निकै दुखका साथ रानीले उनका प्रिय श्रीमान्‌ ड्यूक अफ एडिनबरा राजकुमार फिलिपको निधन भएको घोषणा गर्नुभएकाे छ । राजकुमार फिलिपकाे विन्डसर क्यालमा शुक्रवार बिहान निधन भएकाे हाे ।

बेलायतका प्रधानमन्त्री बाेरिस जाेनसनले राजकुमार फिलिपले कैयाैँ युवाकाे जीवनमा प्रेरणा दिएकाे बताउनुभएकाे छ । गएकाे महिना द ड्यूक अफ एडिनबरा एक महिना अस्पताल बसेर डिस्चार्ज हुनुभएकाे थियाे ।

प्रतिक्रिया