बेलायतका राजकुमार फिलिपको अन्तिम संस्कार (फोटोफिचर)

admin

काठमाडौं, ५ बैशाख : बेलायती महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको अन्तिम संस्कार भएको छ । उनको विन्ड्सर कासलमा रहेको सेन्ट जोर्ज च्यापलमा अन्तिम संस्कार गरिएको हो । कोरोना भाइरसको महामारीका कारण राजकुमार फिलिप (डुक अफ एडिनबरो)को अन्तिम संस्कारमा सीमित व्यक्तिहरु मात्रै सहभागी भएका थिए ।

बेलायत सरकारले लागू गरेको नियमअनुसार फिलिपको अन्तिम संस्कारमा शाही परिवारका सदस्य तथा नातेदार गरी ३० जना मात्र सहभागी भएका थिए । यस्तै, समारोहमा सुरक्षाबलका ७३० भन्दा बढी सदस्य सहभागी भए । अन्तिम संस्कारको मुख्य विधि गरिँदा महारानी एलिजाबेथ सेन्ट जोर्ज च्यापलमा बनाइएको क्वायरको अग्रस्थानमा एक्लै बसेकी थिइन् । सहभागीहरुले मास्क लगाएका थिए भने भौतिक दूरी कायम गरेका थिए ।

समारोहमा डीन अफ विन्सोरले राजकुमार फिलिपको दयाभाव, निष्ठा र मानवताको भावनाप्रति सम्मान प्रकट गरेका थिए । अन्तिम संस्कारको क्रममा राष्ट्रव्यापी रुपमा एक मिनेटको मौनधारण गरिएको थियो । राजकुमार फिलिपको अप्रिल ९ तारिखमा ९९ वर्षको उमेरमा निधन भएको थियो । फिलिपको जन्म सन् १९२१ जुन १० मा ग्रीसको कोर्फु द्वीपमा भएको थियो ।

 

प्रतिक्रिया