बेलायतका लागि नेपाली राजदूतमा ‘लोकदर्शन रेग्मी’ नियुक्त

admin

काठमाडौं, ५ माघ : पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी बेलायतका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

रेग्मीले गएको असोज १५ गते मुख्यसचिव पदबाट राजीनामा दिएकै दिन उहाँलाई मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गरेको थियो । यसैबीच निर्वाचन आयोगले आर्थिक वर्ष २०७६र०७७ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिक्रिया