बेलायतमा एकैदिन एक हजार ८ सय २० जना संक्रमितको मृत्यु

admin

काठमाडौं, ८ माघ : बेलायतमा एकैदिन एक हजार आठ सय २० जना कोरोना भाइरस संक्रमितको ज्यान गएको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार बुधबार मात्रै बेलायतमा भाइरसका कारण यति धेरै नागरिकको ज्यान गएको हो । बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरूले कोरोना भाइरसको संक्रमण शुरु भएदेखि अहिलेसम्ममा यतिधेरै जनाको एकै दिनमा ज्यान गएको यो पहिलोपटक भएको जनाएका छन् ।

उनीहरूको जानकारीअनुसार बुधबारसम्ममा यहाँ ९३ हजार दुई सय ९० जनाको कोरोनाबाट निधन भइसकेको छ । उनीहरूले पछिल्लो समयमा बेलायतमा संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको पनि बताएका छन् । बेलायतबाटै शुरु भएको भनिएको कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका ६० भन्दा बढी देशमा पुगेको समाचारमा जनाइएको छ ।

यसैगरी बेलायतमा बुधबार पनि ३८ हजार नौ सय पाँच जनामा कोरोना संक्रमण देखिएको छ । बेलायतमा कारोनाका संक्रमितको संख्या पनि निकै बढेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सो भाइरस यो सातामा मात्रै विश्वका १० वटा देशमा पुगेको हो । संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको जनाएको छ ।

प्रतिक्रिया