बेलायतमा एक सांसदको छुरा प्रहारबाट हत्या

admin

काठमाडौ, असोज ३० : बेलायतमा एक जना सांसदको छुरा प्र हा र गरेर ह त्या भएको छ। साउद इन्ड वेष्ट निर्वाचन क्षेत्रका सांसद सर डेभिड अमिसमाथि उनकै निर्वाचन क्षेत्रको बेलफेयर मेथोडिष्ट चर्च, लि अन द सीमा रहेको कार्यालयमा शुक्रबार छुरा प्र हा र भएको थियो।

एसेक्सको साउद इन्ड वेष्टको प्रतिनिधित्व गर्ने सर डेभिडमाथि शुक्रवार दिउँसो बेलफेयर मेथोडिस्ट चर्चमा आ क्र मण भएको थियो। सांसदको हत्याको आशंकामा २५ वर्षिय एक व्यक्ति प क्रा उ परेका छन्।

आ क्र मणकारीले सांसद डेभिडमाथि पटक पटक छुरा प्र हा र गरेको पोस्टमार्टममा देखिएको छ। ६९ वर्षिय सांसद डेबिडका ५ जना छोराछोरी रहेका छन्। अमिस सन् १९८३ देखि सांसद थिए। उनी साउद इन्ड वेष्टबाट सन् १९९७ देखि निरन्तर निर्वाचित हुँदै आएका थिए।

प्रतिक्रिया