बेलायतमा थप एक नेपालीको कोरोनाबाट निधन

admin

काठमाडौं, २३ बैशाख : बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको निधन भएको छ । उनलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो ।

केही दिनदेखि सघन उपचारकक्षमा राखी उपचार भइरहेका गुरुङको उपचारका क्रममा निधन भएको गोरखा प्यालेस रेष्टुरेन्टका सञ्चालक एवं समाजसेवी सूर्य गुरुङले जानकारी दिए ।

पर्वत चारभञ्याङमा जन्मनुभएका गुरुङ अध्ययन गर्ने रहर हुँदाहुँदै कक्षा ८ पढ्दै गर्दा गोरखा सैनिकमा भर्ती भएका थिए । पछि बीचैमा जागिर छाडेर नेपाल फर्किएका थिए ।

उनले पुनः औपचारिक अध्ययन गरी विसं २०२७ मा एसएलसी उत्तीर्ण गरेका थिए । स्नातकोत्तरसम्म अध्ययन पूरा गरेका गुरुङले नेपालमा केही वर्ष शिक्षकका रूपमा पनि काम गरेका थिए ।

बेलायतमा असल समाजसेवीका रूपमा चिनिएका गुरुङले थुप्रै सामाजिक काम गरेका थिए । उनकी श्रीमती, एक छोरी र दुई छोरा बेलायतको ननिटन भन्ने ठाउँमा बस्छन् ।

गुरुङ आफू भने बेलायतकै अल्टरसटमा बस्दै आएका थिए । हालसम्म बेलायतमा कोरोनाका कारण ३५ नेपालीको निधन भइसकेको छ ।

प्रतिक्रिया