बेलायती नागरिक फिलिप्सको मृत्यु (भिडियो)

मनिषा थापा

पिएनपिखबर : केहि दिन अघि बेवारिसे अवस्थामा काठमाडौँको वीर अस्पतालमा अलपत्र परेका बेलायती नागरिक फिलिप्सको आज शनिबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको छ।

उनलाई वीर अस्पतालमा विवारिसे अबस्थामा देखेपछि समाजसेवी क्रिस्टिना श्रेष्ठ र उनको टिमले उद्दार गरी नर्भिक अस्पतालमा भर्ना गराएका थिए। उनीहरु नै फिलिप्सको हेरचाह गर्दै आएका थिए। उनको बचाउको लागि सहयोग अभियान पनि चलिरहेको थियो।

उनको अबस्था अत्यन्तै नाजुक भएका कारण भेन्टिलेटरमा राखियो थियो । भेन्टिलेटरमा राखिएको केहि समय पछि उनको चिकित्सकले फिलिप्सको मृत घोषणा गरेका हुन्। उनको पार्थिब शरीर भने पशुपतिमा जलाउने वा एम्बेसीमार्फत बेलायत लैजाने टुंगो अहिलेसम्म भएको छैन। केहि दिन अघि पिएनपिखबरले लिएको फिलिप्सको भिडियो रिपोर्ट यस्तो छ.… 

 

प्रतिक्रिया