बोलेरो दु’र्घटनामा तीनको मृ’त्यु

admin

हेटौंडा, ६ असाेज :  मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–३ स्थित सरिखेतनजिक झिल्किनीमा सोमबार दिउँसो करिब ३ बजे भएको बोलेरो दु’र्घ’टनामा ३ जनाको मृ’त्यु भएको छ ।

बोलेरो सडकबाट करिब ४० फिट तल खस्दा स्थानीय १४ वर्षीय अनुप वाइबा, १३ वर्षीय रिजन तितुङको घ’ट’नास्थलमा मृ’त्यु भएको राक्सिराङ पालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । दु’र्घ’टनामा घा’इते सोही ठाउँका २७ वर्षीय सुरज शाहीको चितवनस्थित मेडिकल कलेजमा उपचारका क्रममा साँझ ६ बजे मु’त्यु भएको मकवानपुर प्र’हरीले जानकारी दिएको छ ।

बोलेरोमा चालकसहित ७ जना रहेको बताइएको छ । अन्यको अवस्था सामान्य छ । प्र’हरीले बोलेरो चालक राक्सिराङ–५ बस्ने भीषण प्रजालाई नियन्त्रणमा लिएको जनाइएको छ । मनहरी बजारबाट पसलका सामानका साथै यात्रु बोकेर सरिखेत जाँदै गरेको ग१ज ७१७५ नम्बर बोलेरो दु’र्घ’टनामा परेको थियो ।

प्रतिक्रिया