सुशन र जितुको ब्याटल बजारमा (भिडियो सहित )

admin

काठमाडौं:  गायक प्रकाश सपूत अनि प्रिती आलेले गायको ब्याटल गीत लोकप्रीय भए सङै बजारमा थुप्रै ब्याटल गितहरु आए ।त्यही बिचमा कति चले त कति चलेनन् ।तर त्यस्ता प्रकृतिका गितहरु आउने क्रम भने रोकियका छैनन् ।

यसैक्रममा यतिखेर बजारमा सुशन कुइकेल र जितु लेप्चनको स्वरमा नयाँ ब्याटल गीत फुच्ची सार्वजनिक भएको छ। रुपक अधिकारिले लेखेको गीतका संगीतकार तथा एरेन्जर भने बालकृष्ण सेवाचार्य हुन् ।बालकृष्णले गीतको भिडियो समेत बनाएका छन् ।

लामो समय देखि संगीत क्षेत्रमा कृयाशिल बालकृष्णले पहिलो पटक यो भिडियो निर्देशन गरेका हुन् । भिडियोको छायांकन तथा सम्पादन भने अशोक रन्जितले गरेका हुन् ।

भिडियोमा गायक सुशन कुइकेलका साथमा सम्रीना बस्नेत लगायतका थुप्रै कलाकारहरुले अभिनय गरेका छ्न। हेर्दै आएका भिडियोहरु भन्दा केही फरक गर्न खोजेको भिडियोबाट पाएको राम्रो प्रतीकृयाबाट निर्देशक बालकृष्ण खुशि छन।

प्रतिक्रिया