ब्रिस्बेनमा आयोजित ‘दशैँ याण्ड तिहार फेस्टिभल’ भब्यताको साथ सम्पन्न

पूजा बानियाँ

पिएनपीखबर, पुजा बानियाँ। नेपाली हिन्दु समुदायको महान पर्व विजयादशमी तथा शुभ दिपावलीको अवसरमा अस्ट्रेलियाको ब्रिसबेन शहरको मुटुमा रहेको चाइनाटाउन (फोर्टीट्युड भ्याली) मा ‘दशैँ याण्ड तिहार फेस्टिभल’ कार्यक्रम सम्पन्न भएको छ।

ब्रिसबेनमा लामो समय देखि बसोबास गर्दै आएका नेपाली समुदायको पहलमा बडा दशैँ जस्तो महान चाडपर्वको सुअवसरमा एकअर्कासँग खुसि र हर्ष साट्न आयोजित उक्त कार्यक्रम चर्चित गायिका एवम् राष्ट्रिय सभा सदस्य कोमल वली मार्फत दिप प्रोज्वलन गरी शुरुवात गरिएको थियो। करिव १२ बजे दिप प्रज्वलन गरेर शुरु गरिएको कार्यक्रम राती साढे नौ बजे समाप्त भएको थियो।

उक्त कार्यक्रममा गायिका कोमल ओली, द भोइस अफ नेपालका कोच प्रमोद खरेल, गायक कमल खत्री र गायक सन्जिब पराजुलीले बेजोड प्रस्तुति दिएका थिए। कलाकारहरूको प्रस्तुति बाहेक कार्यक्रममा लाइभ ब्याण्ड म्युजिक शो, अग्रजबाट टिका ग्रहण कार्यक्रम,बृद्ध बुबाआमालाई लक्षित गरि भजनकिर्तन, निजिकिदै गरेको तिहारलाई मध्यनजर गर्दै परम्परागत देउसी भैलो कार्यक्रम, अस्ट्रेलियन र नेपाली मोडलको नेपाली भेषभुसाको संस्कृति झल्काउने फेशन शो सम्पन्न भएको थियो। दर्शकको भिड, भिडको नाचगान देखेर अन्य मुलुकका नागरिक समेत भिडमा रमाउन मिसिएका देखिन्थे।

अस्ट्रेलियामा यसरी भव्यताका साथ दशैँ कार्यक्रम त्यो पनि निशुल्क प्रवेश पहिलो पटक सम्पन्न भएको कार्यक्रम अर्गनाइजर राजु कानले जानकारी दिएका छन्। उपस्थित दर्शक धेरै जसो प्रवाशमा पढ्न आउने बिद्यार्थीले यस्तो कार्यक्रम आयोजित भएकोमा परिवारको न्यास्रो मेटिएको बताएका छन्।

कार्यक्रम ‘ब्रिसबेन सिटी काउन्सिल’को सहकार्य र सहयोगमा सम्पन्न भएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू