ब्रिस्बेनमा बहुप्रतिक्षित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ प्रदर्शन हुँदै

पूजा बानियाँ

पिएनपीखबर, पुजा बानियाँ। यो बर्षको बहुप्रतिक्षित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ अष्ट्रेलियाको ब्रिसबेन शहरमा प्रदर्शन हुने भएको छ । चलचित्र कबड्डीको तेस्रो सिक्वेलका रुपमा रहेको ‘कबड्डी कबड्डी कबड्डी’ सेप्टेम्बर २० ब्रिसबेनको बिसिसी सिनेमामा प्रदर्शन गरिने भएको हो ।

ब्रिसबेनमा एक्स्पर्ट एजुकेसन याण्ड भिसा सर्भिसेसको सहकार्यमा रिलिज हुन लागेको हो। बिसिसी हलमा उक्त चलचित्र अहिलेसम्म कै भब्य प्रदर्शन हुने बताइएको छ । टोम्बुलमा एकैसाथ तिनवटा हल बुक गरि प्रदर्शन हुन लागेको अस्ट्रेलियामा नै यो पहिलो रेकर्ड हो। विदेशमा रहेर पनि नेपाली चलचित्र मन पराउने दर्शकलाई समर्पित गरिएको यस चलचित्रको टिकेट ९५% बिक्रि भइसकेको छ। हाल सम्म बिसिसी हल हाउसफुल हुने र भब्य रुपमा प्रदर्शन हुने विश्वास गरिएको छ ।

रामबाबु गुरूङ्गद्वारा निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ नायकका दयाहाङ राइ नै रहेका छन् भने नायिकाका रुपमा उपासना सिंह ठकुरीलाई देख्न पाईने छ । नायक कर्मा, बुद्धि तामाङ, विल्सन विक्रम राई, बिजय वराल लगायतका कलाकार मुख्य भुमिकामा देखिएको यस चलचित्रलाई निर्देशक रामबाबु गुरूङ्ग र लेखक उपेन्द्र सुब्बाले लेखेका हुन् ।

मणिराम पोखरेल, अर्जुन कार्की र ओम रौनियार निर्माता रहेको चलचित्र बाँसुरी फिल्मस्को निर्माण तथा माउन्टेन स्टोरिजको सहकार्यमा निर्माण भएको हो । स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धलाई कलात्मक शैलीमा सशक्त रुपमा उठान गरिएको चलचित्रमा काजी र सोल्टीनीको प्रेम प्रशंगलाई पुन दोहोर्याईएको भएपनि चलचित्रको कथाबस्तुमा फरक पन रहेको चलचित्र युनिटले बताउँदै आएको छ । यो पटक सोल्टीनीको रुपमा उपासना सिंह ठकुरी रहेकी छन् ।

यस अघिका दुवै सिक्वेल लोकप्रिय भएपछि चलचित्र युनिटले ‘कबड्डी कबड्डी कबड्डी’ निर्माण गरेको थियो । भदौ १३ गतेबाट अल नेपाल प्रदर्शनमा आउने भनिएको यस चलचित्रले बाहुबली स्टार प्रभासको साहो र नवल नेपाल निर्देशित मारुनीसंगै प्रतिस्पर्धा गर्ने भएको थियो । तर सो मितीमा चलचित्र प्रदर्शन स्थगित गरेको ‘कबड्डी कबड्डी कबड्डी’ ले नेपालमा असोज ३ गतेबाट यस चलचित्र प्रदर्शन गर्ने भएको छ । सर्वाधिक पर्खाईमा रहेको यस चलचित्र नेपालमा भन्दा पहिले सिड्नीमा प्रदर्शन हुने भएसंगै यहाँ रहेका दयाहाङ लगायत अन्य कलाकारका प्रशंसकले खुसी ब्यक्त गरेका छन् ।

प्रतिक्रिया