ब्रोइलरका चल्लालाई रङ्ग लगाएर लोकल भन्दै बेच्ने ४ प’क्राउ

admin

काठमाडौं : ब्रोइलर कुखुराका चल्लालाई रङ्ग लगाएर लोकल कुखुराका चल्ला भन्दै बेच्ने चार जनालाई प्र’हरीले प’क्राउ गरेको छ ।

मङ्गलबार चितवनको अविनाश मोर्डन ह्याचरीबाट कुखुराका चल्ला ल्याएर काठमाण्डौको कलङ्कीमा रहेका विभिन्न पोल्ट्री फर्ममा रङ्ग लगाउँदै गरेको अवस्थामा चार जनालाई प’क्राउ गरिएको महानगरीय प्र’हरी परिसर टेकुले जनाएको छ ।

प’क्राउ पर्नेमा कलङ्कीको जैसवाल पोल्ट्री फर्मका सञ्चालक बाराकी प्रेमशीला देवी, वकिल खाँन, चन्दादेवी साह र गुञ्जा नाम राखेका एक व्यक्ति रहेका छन् ।

प्र’हरीले रङ्ग लगाएका ३६ सय ५० चल्ला र रङ्ग नलगाएका २४ हजार नौ सय ५० चल्ला पनि बरामद गरेको छ ।

प्रतिक्रिया