‘ब्लाइन्ड डेट’ मा गएकी महिला पुरुषको घरमै फसेपछि…

admin

एजेन्सी, ३० पुस : ‘ब्लाइन्ड डेट’मा गएकी चीनकी एक महिला आकस्मिक रूपमा लगाइएको कोरोना भाइरस (कोभिड- १९) लकडाउनका कारण भेट्न गएको एक पुरुषको घरमा फसेको बताइएको छ ।

वाङ नामले चिनिएकी ती महिलाले ती व्यक्तिको घरमा खाना खान गएको बेला लकडाउन भएको गत साता चिनियाँ सामाजिक सञ्जाल वीच्याटमा सार्वजनिक गरेकी थिइन् ।

चिनियाँ नयाँ वर्षअघि आफू ग्वाङ्जोबाट जेङ्ग्जो गएको आफ्नो पोस्टमा उल्लेख गरेकी छिन् । ‘मेरो उमेर केही ढल्कँदो छ, त्यसैले मेरा आमाबुवाले मेरा लागि १० जनाभन्दा बढी व्यक्तिसँग ब्लाइन्ड डेटको व्यवस्था गरिदिनुभयो,’ उनले भनेकी छिन् ।

वाङका अनुसार उनले भेटेका ती पाँचौँ व्यक्ति रहेको बीबीसीले उल्लेख गरेको छ । ती व्यक्तिले आफू पाककलामा कुशल भएको भन्दै उनलाई घरमा सँगै खाना खान बोलाएका थिए ।

तर खाना खाँदै गर्दा उनीहरूले त्यो ठाउँमा कोरोनाभाइरसको संक्रमण बढेका कारण आपत्कालीन लकडाउन घोषणा भएको थाहा पाए ।

त्यसपछि उनी त्यहाँबाट केही दिन बाहिर निस्किन पाइनन् । वाङले सञ्चारमाध्यमलाई बताएअनुसार उनी चार दिनसम्म ती व्यक्तिको घरमा अड्किएकी थिइन् ।

प्रतिक्रिया