भक्तपुरमा खँःमेय् ब्वाकेगु जात्रा सम्पन्न

admin

भक्तपुर, असोज २८ : भक्तपुरमा नवमीको दिन मनाउने खँःम्ये ब्याकेगु जात्रा यो बर्ष दिउँसो ३ बजे शुरु गरेको छ ।

पहिला पहिला साँझ मात्र गर्ने जात्रा यो बर्ष देखि सबैले राम्रो सँग हेर्न पाउन भने मनसायले दिउँसो नै शुरु गरेको वडा नं. ९का वडा अध्यक्ष रविन्द्र ज्याख्वले बताउनु भयो ।

बिजया दशमीको अघिलो दिन महानवमीका दिन मनाइने प्रसिद्ध खँःमेय् ब्वाकेगु (राँगो जात्रा) जात्रा करिव १ घण्टामा नवदुर्गा द्योः छेँबाट ब्रम्हायणी मन्दिर पुर्याईयो । धार्मिक एवम् सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने जात्रामा खँः म्ये (राँगा)लाई महिषासुर दैत्यको प्रतीकका रुपमा लिईन्छ ।

खँः म्येलाई आज तोरीको तेलमा सिंदुर मिसाएर जिउ भरि दलेर जाड बनाउने कद, रक्सी मातिने गरि ख्वाएर नगदुर्गा द्योः छेँबाट गछेँ, साकोलाँ, तचपाल, तलातुँथीं, सुर्यमारी, च्याम्हासिंह, देगईना हुदै दौडाएर ब्रम्हायणी पुर्याईयो ।

खँःमेय्लाई आज बेलुका ब्रम्हायणीमा नवदुर्गा देवगणले महिषासुर दैत्यको प्रतीक खँः म्येलाई बद गर्ने र आज रातीबाट नवदुर्गा देवगणले पुर्णता पाउने परम्परा छ ।नेपाल भाषामा खःम्ये भनेको निख्खर कालो राँगो हो । सोही निख्खर कालो राँगोलाई दौडाएर गरिने जात्रालाई नेपाल भाषामा खँःम्ये ब्वाकेगु जात्रा भनिन्छ ।

प्रतिक्रिया