भक्तपुरमा महेश बस्नेतलाई झड्का, उनकै पकड क्षेत्रबाट ७८ जना नेपाली काङ्ग्रेसमा प्रवेश

admin

भक्तपुर, माघ ४ : केपी ओली सरकारले गरेको संसद विघटन र सरकारको कार्यशैलीको विरोधमा नेपाली कांग्रेस सुर्यबिनायक नगर समिति भक्तपुरले विरोध प्रदर्शन गरेको छ।

हिजो शनिबार भक्तपुरको जोरपाटी (नलिन्चोक)मा नेपाली कांग्रेसले बिरोधका साथै शक्ति प्रर्दशन गरेको हो। भक्तपुरको बाँसघारीबाट सुरु भएको विरोध र्‍याली जोरपाटी पुगेर सभामा परिणत भएको थियो।

कार्यक्रममा नेकपा ओली समूहका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतको पकड क्षेत्र मानिने भक्तपुरको पलासेबाट नै ७८ जना युवाहरु एकैसाथ नेपाली कांग्रेसमा प्रवेस गरेका छन ।

शुरुवातमा काङ्ग्रेसको गढ मानिने सुर्यविनायक नगरपालिका ९ र १० महेश बस्नेत पश्चात नेकपामय भएता पनि नेकपाको किचलो र वडास्तरमा हुने बिकास निर्माणका काममा ढिलासुस्तीका कारण युवाहरु कांग्रेसमा प्रवेस गर्नु परेको उनिहरुको भनाई थियो ।

विरोध कार्यक्रममा सहभागी हुनका लागि भक्तपुरका कांग्रेस समर्थकहरु नलिन्चोक आएका थिए। सरकारले गरेको कामले सुशासन हराएको भन्दै चर्को नाराबाजी गर्दै सरकारप्रति आक्रोश पोखेका थिए । कार्यक्रमलाई पार्टीका केन्द्रीय सदस्य भिष्मराज आङ्दम्बेले सम्बोधन गरेका थिए।

प्रतिक्रिया