भगवान बराल जसको टाउकोमा लुटेराहरुले बन्दुक पड्काएका थिए,अहिले यस्तो अवस्थामा छन [भिडियो सहित]

शर्मिला गुरुङ

पोखरा, २८ माघ : तीन वर्ष अगाडी मेगा सहकारीको भवन न्युरोड पोखरामा लुटेराको गोलि लागि माराणासन्न अवस्थामा घाईते भएका थिए पुम्दी भुम्दी पोखराका भगवान बराल ।

यति डेभलपमेन्ट बैंक पोखरा न्युरोड शाखामा कार्यरत बराललाई २०७१ साल वैसाख १५ गते आफ्नो बैंकको कारोबारको रकम लिन भनि मेघा सहकारी पुगे, ब्रिफकेसमा ३१ लाख पैसा बोकेर भर्याङ झर्दै गर्दा भगवान माथि लुटेराहरुको समूहले गोली प्रहार गर्यो र पैसा लुटेर लग्यो ।

फिस्टेल, मणिपाल हुदैँ न्युरो हस्पिटल काठमाडौँ पुर्याईएका बरालको बाँच्ने आश सबैले मारेका थिए, भगवान नाम गरेका बराल भगवान जस्तै गरि बाँचेर फर्किए, उनको टाउकोमा बन्दुक राखी लुटेराहरुले बन्दुक पड्काएका थिए ।

करिब एक बर्ष अस्पतालको शैयामा उपचारपछि भगवान् बाच्न सफल भए र उनि पोखरा पुम्दी भुम्दी स्थित आफ्नो निवासमा आईपुगे । तीन-तीन महिनामा काठमाडौँ, दिन बिराएर पोखरामा फिजियोथेरापी र हप्ता-हप्ता दिनमा पोखरा जचाउँन गरिरहेका भगवानको विस्तारै स्वास्थ्यमा सुधार हुँदै गयो र हाल उनि व्हिलचेयरको सहायताले यताउती गर्छन ।

एक्लै ज्यान धान्न नसक्ने बरालका दाहिने पट्टिको हर चल्दैन भने उनी देब्रे आखाँ देख्दैनन, यद्यपी अहिले उनि सानो व्यवसायमा लागेका छन।
बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू