भतिजी बलात्कार आरोपमा काका पक्राउ

राष्ट्रिय समाचार समिति

सोलुखुम्बु, ७ साउन :  आफ्नै १४ वर्षीया भतिजीलाई पटक पटक बलात्कर गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका युवकविरुद्ध मुद्दा दर्ता गरिएको छ। खुम्बु पासाङल्हमु गाउँपालिका २ लुक्लामा बस्दै आएका युवकलाई सोमबार बिहान घरैबाट प्रहरीले गिरफ्तार गरेको थियो।  

पक्राउ परेका युवकलाई मंगलबार सल्लेरी ल्याएपछि जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखिएको प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए। प्रहरी निरीक्षक कार्कीका अनुसार पीडित बालिकालाई परिवारको जिम्मा लगाइएको छ। 

 

  ६ कक्षामा पढ्दै गरेकी ती किशोरी ८ महिनाको गर्भवती रहेको अस्पतालले जनाएको छ। पिडित बालिकाको पेट बढ्दै गएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। घटनाबारे जानकारी पाएलगत्तै पीडित किशोरीको मौखिक बयानका आधारमा प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएको थियो।  प्रहरीका अनुसार अभियुक्तले अपराध स्वीकार गरेका छन्। 

 

प्रतिक्रिया