भदौ २८ गते आइतबारको राशिफल

तुलसी नेपाल

मिति २०७७ साल भाद्र २८ गते । आईतबार । ईश्वी सन् २०२० सेप्टेम्बर १३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–एकादशी,४२ घडी ५२ पला,बेलुकी ११ बजेर ५७ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–पुनर्वशु,१९ घडी ०५ पला,दिउसो ०१ बजेर २६ मिनेट उप्रान्त तिष्य । योग–वरियान,२१ घडी ०० पला,दिउसो ०२ बजेर १२ मिनेट उप्रान्त परिध । करण–बव,बिहान ११ बजेर १५ मिनेट उप्रान्त बालव,बेलुकी १० बजेर ५७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–मिथुन,बिहान ०७ बजेर २३ मिनेट उप्रान्त कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०९ मिनेट । दिनमान ३० घडी ५१ पला । इन्दिरा एकादशी व्रत। एकादशी श्राद्ध। फर्पिङमा हरि-शंकर यात्रा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ): आफन्तहरु टाडिनेछन् भने शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईने छैन । राजनिति तथा समाजसेवामा जनताको काम गर्दापनि आलोचनाको शिकार हुनुपर्दा मन खिन्न हुनेछ । यात्रा गर्दा वा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने घर आमा सँग पनि मनमुटाब सिर्जना हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो): आट तथा पराक्रम बढेर जाने हुनाले व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । खेलकुद तथा खेल क्षेत्र सँग सम्बन्धित कामबाट भनेजस्तो कमाई हुनेछ । दाजुभाई तथा आफन्त बाट सहयोग पाईने तथा आत्मियता बढेर जानेछ । उत्पादित उद्योगमा लगानि गर्ने गरि पछिको लागि जग बसाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा): बोलिको प्रभाव बढ्ने भए पनि अरुको बारेमा अनाबस्यक टिका टिप्पणी गर्नाले आफ्नो साख गुम्न सक्छ । पढाई लेखाईमा समय दिएपनि ध्यान नदिदा अरुभन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । कुटुम्ब तथा आफन्तहरुबिच घरायसि कुरामा राय बाजिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा मनमुटाब बढ्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो): नयाँ नयाँ प्रेम प्रस्ताव आउँने तथा माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखाँको वरिपरि देख्न पाउँदा मन खुसि हुनेछ । राजनितिक सभा समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा ठुलो प्रगति गर्न सकिनेछ भने सबैतिरबाट तपाईको काममा सहयोगको हुनेछ । आफ्नो सिर्जना अरुले मन पराई दिनाले मन प्रशन्न रहनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे): स्वास्थ्यमा सुधार भएर जाने तथा पुरानो रोगहरु केहि भए अलि बिसेक हुनेछ । आफन्त तथा अग्रजहरुको सुझाब तथा सल्लाहलाई अध्ययन गरि अगाडि बढ्दा राम्रो रहेको छ । घर परिवार तथा आफन्तबाट बाट छुट्टिएर लामो दुरिको यात्रा गर्नु पर्दा नरामाईलो लाग्नेछ । व्यापार व्यावसायमा नाफा कमाउँन निकै समय खर्चनु पर्नेछ भने बिदेशि भाषा तथा बिदेशि सस्थासँग सम्बन्धित कामहरु बाट मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो): व्यापार व्यावसायमा दैनिक भन्दा आम्दानि बढ्नेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । सोचेभन्दा बढीनै पारिश्रकिम पाईने हुदा मन प्रशन्न हुनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि समाजमा दाम तथा नाम दुवै कमाउन सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको साथ तथा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते): पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याई पुरस्किृत हुने समय रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउने तथा बढुवा हुँने योग रहेको छ । प्रसाशनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुँँने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू): व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि कम हुनेछ । सरकारी काममा सेवा प्रभाव गर्नेहरुले समयमा काम नगर्दिनाले बिभिन्न अवसरबाट बञ्चित हुनु पर्नेछ । माया प्रेममा एका अर्कालाई अबिश्वास गर्नाले केहि समयका लागि टाडिनु पर्ने हुन सक्छ । धार्मिक तथा सामाजिक कार्यमा सहभागि भई समाजको काम गर्ने बाताबरण बनेर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे): समयमा काम नबन्ने तथा ऋण लाग्ने हुँनाले मानसिक तनाब बढ्नेछ । हतियार,फलाम तथा आगो सँग सम्बन्धित काम गर्दा वा प्रयोग गर्दा हासियारि अपनाउँनु होला चोटपटक लाग्न तथा दुर्घटना हुँन सक्छ । भौतिक सम्पति तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुने हुँनाले आज मुद्धा मामिलामा सामेल भए हारिने सम्भावना रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा): कामको सन्द्रर्भमा आउँने प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ भने खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् । बिवादित बिषयहरु आफ्नो पक्षमा फैसला हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् । आफन्त,मित्र तथा मावलि पक्षबाट तपाईको बौद्धिकतालाई सम्मान गर्ने तथा नयाँ काम गर्न खोज्दा सहयोग हुनेछ । माया प्रेम तथा रोमान्सको क्षेत्र स्वत स्फुर्त बलियो बन्ने योग रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): व्यापार व्यावसायमा लगानि गरिहाल्ने समय नरहेकोले तत्काल नयाँ काम नगर्नु नै राम्रो रहनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । आत्मिय मित्र तथा परिवारका साथ रहेर स्वादिष्ट भोजनको टेष्ट लिने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् । 

प्रतिक्रिया