भर्खर पार्टी प्रवेश गरेकी समाजसेवी पवित्रा भन्छिन्, कांग्रेस भित्र नै रहेर पनि भ्रष्टाचार विरुद्ध आवाज उठाउने छु

अस्मिता बेल्बासे

काठमाडौं, २१ साउन : समाजसेवी तथा सञ्चारकर्मी पवित्रा लामा नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेकी छिन् । समाजसेवी लामालाई बुधबार नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको हातबाट पार्टी सदस्य लिई नेपाली कांग्रेसमा प्रवेश गरेकी हुन् ।

पार्टी प्रवेशबारे रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो । उनलाई नेपाली कांग्रेसका सभापति देउवाले बुधबार बुढानिलकण्ठस्थित निवासमा अयोजित कार्यक्रममा पार्टी प्रवेश गराएका थिए । समाजमा रुपान्तरण गर्न इच्छुक रहेको समाजसेवी लामाले देखाएको हौसला र अग्रसरतालाई सम्मान गर्दै उनलाई पार्टी भित्र प्रवेश गरेकोमा स्वागत गरेका छन् ।

कांग्रेस प्रवेश गरेकी समाजसेवी लामाले अब देशको नेतृत्व युवा पुस्तालाई दिनुपर्ने आवश्यकता औल्याइन् । उनले भनिन्, युवा सडकमा आउने बेला भयो । देशको बेथिती र बिसंगतिविरुद्ध आवाज उठाउन ढिला गर्नुहुन्न ।’

नेपाली कांग्रेसले देशमा घटिरहेको घटना र बेथितीलाई उठाइरहेको र जिम्मेवार राजनीतिक दल भएकाले आफू आवद्ध भएको बताइन् । लोकतन्त्र बचाउन सम्पूर्ण युवा पुस्तालाई नेपाली कांग्रेसमा आवद्व हुन आग्रह समेत गरिन् । उनले भनिन्,‘ अहिलेको दूई तिहाईको नेकपा सरकारले केही गरेको छैन् ।’

समाजसेवी लामाले अब राजनीतिमा लागेर समाज र देशको सेवा गर्ने बताएकी छिन् । विगत ६ वर्ष देखि लामा समाज सेवामा सक्रिय छिन् । उनी सडकमा बेवारीसे बनेकाहरुको उद्धार तथा उपचारमा निस्वार्थ भावले खट्ने गरेकी छिन् । बेबारिसे व्यस्थापन र पुनर्जिवन केन्द्र ‘एक्शन फर सोसल चेञ्ज’ मार्फत समाजसेवामा लागेकी लामा कुनै पनि क्षेत्रको नेतृत्व लिन सक्षम छिन् ।

नेपाली कांग्रेसका सभापतिले विभिन्न समसामयिक विषयमा आवाज उठाउँदै आएको उनको भनाई थियो । महिलामाथि निरन्तर ज्यादती भइरहेको विषय महिला राष्ट्रपति भएपनि किन नबोलेको ? उनले प्रश्न गरिन् । महिलाको सुरुक्षा नभएको र सम्पूर्ण विषयमा सरकार गम्भीर नभएको र टुलुटुलु हेरिरहेको आरोप लगाइन् । 

उनले हरेक क्षेत्रमा भएका समस्याहरुलाई नियाल्दै मानिसहरुले धेरै कुरामा पीडा खेप्नु परेको बताएकी छिन् । राजनीतिमा लाग्नुको कारण बताउँदै लामा भन्छिन्, देशका हरेक क्षेत्रमा समस्याहरु छन् । मैले त्यसलाई मध्यनजर गर्दै समग्र विकास र देश जनताको समृद्धिका लागि केही गर्न सक्छु भन्ने अठोट बोकेर राजनीतिमा लागेकी हुँ ।’

सरकार लथालिङ अवस्थामा रहेको उनले जनाइन् । सम्पूर्ण युवा पुरुतालाई एकजुट भइ अगाडी बढन् र विकसित मुलुकको रुपमा नेपाललाई लाग्ने प्रतिवद्वता जाहेर गरिन् । नेपाली कांग्रेसले सम्पूर्ण युवा पुस्तालाई समेटेर अगाडि बढिरहेको समेत स्पष्ट पारिन् ।

उनले थपिन्, ‘कांग्रेस भित्र नै रहेर पनि भ्रष्टाचार विरुद्ध आवाज उठाउने छु, ढुक्क हुनुस खबरदार सत्तामा बस्नेहरु जुनसुकै पार्टीको होस् भ्रष्टाचारिलाई छोडदिन । कतै बिग्रेको छ भने अब सपार्ने हो । फोहोर भाएको छ भने सफा गर्ने हो, त्यसैले मलाइ मेरो देशको माया छ । देशको लागि र म जस्तै दुख पाएको हरुको लागि गाली खाएर भए पनि इमानदारीपुर्बक काम गर्ने छु ।’

बाँकी यो भिडियोमा हेर्नुस् ।

उनले केही दिन अघि सिन्धुपाल्चोक पुगेर बाढी पहिरो पिडितलाई आफूले सक्दो सहयोग गरेकी थिइन् । पिडितहरुको आवश्यकतालाई बुझेर समाजसेवी लामाले दैनिक जीवनमा आवश्यक पर्ने भाडाहरु उपलब्ध गराएका हुन् भने करिब २० घर धुरीलाइ उनले राहत वितरण गरेकी हुन् । लामाले यस कार्यलाई बाचुन्जेल कायम राख्ने अनि समाजसेवालाई आफ्नो जीवनको लक्ष्य बताउँदै आएकी छिन् ।

प्रतिक्रिया