भाइटीकाको दिन प्रहरीको निःशुल्क बस सेवा

राष्ट्रिय समाचार समिति

भरतपुर, १२ कात्तिक:चितवन प्रहरीले भाइटीकाको दिन निःशुल्क बस सेवा सञ्चालन गरेको छ । आजको दिन सार्वजनिक सवारीसाधन कम चल्ने भएकाले यात्रुहरुलाई सहजता प्रदान गर्न निःशुल्क बससेवा सञ्चालन गरेको प्रहरीले जनाएको हो ।

प्रहरीले पाँचवटा बस पश्चिम र पूर्वी चितवन क्षेत्रमा सञ्चालन गरेको छ । भरतपुरको चौविस कोठीबाट पटिहानी र मेघौली तथा नारायणगढबाट लोथरसम्म निःशुल्क बससेवा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो ।

उहाँले भरतपुर महानगरपालिकासँगको समन्वयमा बस सञ्चालन गरिएको जानकारी दिनुभयो । प्रहरी स्कूल, जुनियर प्रहरी अधिकृत शिक्षालय, चितवन मेडिकल कलेजको बस र विभिन्न स्कूलका बस निःशुल्क सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया