भाइरल कुल्फिवाला घाँटीमै यस्तो प्रविधिको प्रयोग गर्दै, आखिर किन ? [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। कुल्फिवाला नामले पछिल्लो समय निकै भाइरल भएका व्यक्ति मन कुमार राई आफ्नो स्वास्थ्य नबिग्रियोस् भनेर अचेल प्रविधिको प्रयोग गर्दै गरेको अवस्थामा भेटिन्छन्।

पछिल्लो समय उनको भिडियोहरु एक एक भाइरल बन्दै आएको थियो। सामान्य सडक सडकमा बदाम कुल्फी बेच्दै हिडेका राई उनको कुल्फी बेच्ने शैली देखेर सबै अचम्म मान्थे। आयो कुल्फी आयो आयो कुल्फी आयो भन्दै घर घरमा नाच्दै हास्दै कुल्फी बेचेर हिडेका उनि एक एक निकै भाइरल भए।

निकै भाइरल भएपछि चर्चित हास्यकलाकार विल्सन बिक्रम राई मार्फत उनका आफन्तले मन कुमारको मेहेनत देखेर आर्थिक सहयोग गरेपछि उनले आफ्नो नागरिकता समेत बनाएका छन्।

एउटा म्युजिक भिडियोमा आफै गाउने आफै नाच्ने अवसर समेत उनले प्राप्त गरे। अहिले उनी आफ्नै ब्यापारमा व्यस्त छन्। भाइरल हुँदा र नहुँदा उनको ब्यापारमा घटबढ नभएको उनले बताए।

कक्षा पाच सम्म मात्रै अध्ययन गरेका राई निकै फर्साइलो रमाइलो स्वभाबका छन्। उनी हास्दै गाउदै नाच्दै सिजन अनुसार कहिले कुल्फी त कहिले बदम बेची रहन्छन्। ‘आफु पनि हासौ अरुलाई पनि हसाउ’ यो उनको एक मात्र उदेश्य हो।

अहिले उनी मुखमा माइक लगाएर भट्टाउदै हिड्ने गरेको देखेर ‘किन यस्तो गर्नु भो’ भन्ने प्रश्नमा उनले जवाफ दिए ,’ सधै कराउदै हिड्दै गर्दा पछि घाटीमा समस्या आउन सक्छ त्यसैले अहिले देखि नै मैले आफ्नो स्वास्थ्यको ख्याल गर्दै यो माइकको प्रयोग गरेको हु। ‘

उनलाई यसो गर्न एक शिक्षकले सल्लाह दिएको उनले बताए। ६ हजार मा उनले शिक्षकको सल्लाह बमोजिम माइक किने र प्रयोग गर्न थाले।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू