भाइरल लेख र बखत श्रीमती सहित किन पुगे प्रहरी चौकी ? [भिडियो]

पूजा बानियाँ

काठमाडौँ: पछिल्लो समय भाइरल दुई जोडी लेख बहादुर मोक्तान-रुकमणि खड्का साथै बखत बिष्ट-प्रतिभा बिष्ट बीचको असमझदारीले निम्ताएको विवाद समाधान भएको छ। होचा पुड्का संघका महासचिब लेख बहादुर मोक्तान र उपाध्यक्ष रुकमणि खड्काको बिवाह भएसंगै दुबैजना भाइरल भएका थिए । होचा पुड्का संघमै आबद्द बखत विस्ट र उनको पत्नी प्रतिभा बिष्ट पनि केहि समय अघि भाइरल भएका थिए।

भाइरल जोडी लेख बहादुर मोक्तान र रुकमणि खड्काको बिषयमा बखत बिष्टको नाम जोडेर ज्यान मार्ने धम्किसहितको कमेन्ट आएपछि ज्यानको सुरक्षा माग गर्दै उनीहरु प्रहरीसमक्ष पुगेका थिए । खनाल टुकलाल भन्ने नामबाट गरिएको कमेन्टले भाइरल जोडी लेख बहादुर मोक्तान,रुकमणि खड्का, बखत विस्ट र प्रतिभा बिष्टलाई प्रहरी चौकी पुराएको हो ।

होचा पुड्का संघको नजिकदै गरेको राष्ट्रिय सम्मेलनलाई मध्यनजर गर्दै संस्थाका महासचिव लेख बहादुर मोक्तानले आगामी दिनमा पनि यस्ता कमेन्ट आएमा पुनः कानुनि प्रक्रियामा जाने तर हाल बखत बिष्टसँग भएको असमझदारी भने अन्त्य गर्ने भन्दै मिलापत्रमा हस्ताक्षर गरेका छन । फाल्गुन २० र २१ गते होचा पुड्का संघको राष्ट्रिय भेला काठमाडौँमा हुदैछ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू