भाउजुको ह’त्या आरोपमा देवर प’क्राउ

admin

लमजुङ : जिल्ला प्र’हरी कार्यलय लमजुङले भाउजुको ह’त्या गरेको आरोपमा देवर नाता पर्ने एकजनालाई घ’टनाको २३ दिनपछि प’क्राउ गरेको छ।

क्ब्होलासोंथर गाउँपालिका–९ गिलुङकी ५९ वर्षीया बिमाया भन्ने वुद्धिमाया विकलाई ह’त्या गरेको आरोपमा देवर नाता पर्ने गिलुङकै ५७ वर्षीय बिलबहादुर विकलाई प’क्राउ गरेको प्रहरी प्रमुख एवं डिएसपी गंगाबहादुर थापाले जानकारी दिए।

गत भदौ २३ गते बिहान ७ बजे बुद्धिमाया आफ्नै घरमा मृ’त भेटिएकी थिइन्। प्र’हरी नियन्त्रणमा रहेका बिलबहादुरले भदौ २० गते राति करिब ९ बजे बिमायालाई दाउराले टाउकोमा प्र’हार गरी ह’त्या गरेको स्वीकार गरेको प्र’हरीले बताएको छ।

जग्गासम्बन्धी विवादमा एकल महिला बिमायालाई बिलबहादुरले ह’त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी घ’ट’नाको अनुसन्धान अघि बढाइएको डिएसपी थापाले बताए। बिमायका छोराबुहारी मध्यनेपालको रामबजार बस्दै आएका छन् भने उनको पतिको पाँच वर्षअघि मृ’त्यु भएको थियो।

प्रतिक्रिया